सूचनाको शक्ति - The Power Of Information

        

फेरिँदै मौसम

घट्न थाल्यो तापक्रम, शुरु हुँदै चिसो

काठमाडौं उपत्यकासहित देशभर बिहान बेलुका चिसो हुन थालेको छ । न्यूनतम र अधिकतम तापक्रम बिस्तारै घट्न थालेको छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसार हिजो काठमाडौंको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेकोमा आज १५ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ । अधिकतम तापक्रम पनि केही घट्न थालेको मौसमविद् नगरकोटीले बताइन् ।

असोज महिनाको अन्तिमतिर आइसकेकाले अब चिसो बढ्दै जानेछ । बेलुकीपख चिसो हावा चल्न थालेको छ । दिउँसोको समयमा भने गर्मी नै छ । असोज अन्तिम हप्ता आइसक्दा पनि मनसुन भने नेपालबाट पूर्ण रुपमा बाहिरिसकेको छैन ।

सामान्यताय अक्टोबर २ तारिखमा मनसुन बाहिरनुपर्नेमा आज अक्टोबर १३ तारिख भइसकेको छ । नेपालको पश्चिमी क्षेत्रबाट भने मनसुन बाहिरिसकेको छ । यसपालि गएको जेठ ३१ गते मनसुन नेपाल भित्रिएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार ०७:२४

लोकप्रिय