सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका सिडिओ आचार्यको सरुवा, श्रवणकुमार नयाँ सिडिओ

गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ । गृह मन्त्रालयले चार जिल्लाका सिडिओको सरुवा गर्ने क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आर्चायको सरुवा गरेको हो ।

आचार्यको स्थानमा इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई गृह मन्त्रालयले बाँकेको नयाँ सिडिओका रुपमा पठाएको छ ।
मंगलबार गृह मन्त्रालयले चार जिल्लाको सिडिओ सरुवा एवम पदस्थापना गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दोलखाका सिडिओ कोमलप्रसाद धमलाको पनि सरुवा भएको छ । उनको जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सरुवा भएको हो । सर्लाहीका सिडिओ इन्द्रदेव यादवको इलाममा सरुवा भएको छ ।

यसैगरी गृह मन्त्रालयमा रहेका टुवराज पोखरेलको दोलखामा सरुवा भएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार १७:२८

लोकप्रिय