२०८३ जेठ ३१ , आइतबार 14, June 2026, Sunday

चार जिल्लाका सिडियो फेरिए, को कहाँ ? (सूचीसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० असोज २५ गते बिहीबार

सरकारले चार प्रमुख जिल्ला अधिकारीसहित पाँच सह–सचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले असोज २३ को निर्णयानुसार प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको हो ।

दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला सर्लाही सरुवा भएका छन् भने सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई इलाम सरुवा गरिएको छ ।

यसैगरी इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बाँके सरुवा गर्दा गृहमन्त्रालय वा अन्तर्गत दरबन्दी रहेका टुवराज पोखरेललाई दोलखा पठाइएको छ । सहसचिव विपिन आचार्य बाँकेबाट गृह–मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन् ।

हेर्नुहोस्, विवरण :

 

प्रकाशित मिति : २०८० असोज २५ गते बिहीबार