इजरायलमा रहेका नेपालीहरुलाई लिनका लागि नेपाल एयरलाइन्स इजरायल गएको छ । बुधबार राति ११ बजे नेपालबाट दुबई ट्रान्जिट भएर नेपाल एयरलाइन्स इजरालयको तेलअबिब गएको छ ।
‘इजरायलका नेपाली लिनका लागि नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उडेको छ,’ परराष्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको सेड्युल फ्लाइट दुबईका लागि रहेको र त्यहीँबाट इजरायल गएको नेपाल एयरलाइन्सले जनाएको छ ।
‘नेपाल एयरलाइन्सको सेड्युल फ्लाइट राती ११ बजे दुबईका यात्रु लिएर गएको र त्यहीँबाट जहाज इजरायलतर्फ उडेको छ,’ उनले भने, ‘नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सम्बन्धित देशको आकाश प्रयोग गर्न अनुमति पाइसकेको छ ।’
उनका अनुसार जहाजले इजरायलबाट नेपालीहरू लिएर दुबई आउनेछ । दुबई ट्रान्जिट भएर काठमाडौँ फर्कने तयारी रहेको उनले जानकारी दिए । नेपाल फर्कन चाहने नेपालीको लगत संकलन परराष्ट्र मन्त्रालयार्फत् भइरहेको छ ।
तर केकति जनालाई नेपाल फर्काइने भन्ने प्रष्ट भइसकेको छैन । उद्धारमा परेकाहरुले अझै युद्ध जारी रहेकोले नेपाल फर्काउन सहयोग मागिरहेका छन् । युद्ध चर्कने खतरा बढेपछि सरकारले इजरायलमा अध्ययन र कामका पुगेका नेपालीलाई नेपाल फर्काउन जहाज पठाउन लागेको हो ।
शनिबार (असोज २०)मा प्यालेष्टिनी विद्रोही समूह हमास इजरायलका विभिन्न स्थानमा रकेट सहित आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु हुनुको साथै चार जना घाइते भएका थिए । यस्तै, विद्रोही समूहको आक्रमणबाट एक नेपाली बेपत्ता छन् ।
सुदुरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायमा अध्ययन गर्ने ४९ विद्यार्थी हमासले गरेको आक्रमण क्षेत्रमा फसेका थिए । जसमध्ये ३२ जनालाई इजरायली सेनाले उद्धार गरेर तेल अबिबमा राखेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पर्यटनमन्त्री सुदन किराँतीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई बालुवाटारमा बोलाएर जहाज पठाउने विषयमा छलफल समेत गरेका थिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं