सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह कर्मचारी आन्दोलन

काम गर्ने कर्मचारीलाई ५ हजार, धर्ना नबस्नेलाई २ हजार जरिवाना !

संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीले आज पनि आन्दोलनका कार्यक्रमलाई जारी राखेका छन् ।

काठमाडौँमा धर्ना र जुलुस जारी राखेका कर्मचारीले स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काठ ठप्प पारेर प्रर्दशन गरिरहेका छन् ।

आन्दोलनलाई प्रभावकारी बनाउन भन्दै काठमाडौँमा भेला भएका कर्मचारीहरु सरकारसँग अनौपचारिक वार्ता गरिरहेका बेला स्थानीय तहहरुले भने आन्दोलनमा अनाउने र पालिकामा बसेर काम गर्ने कर्मचारीलाई लिखित स्पष्टीकरणसहित जरिवाना तोक्न थालेका छन् ।

कैलालीको कैलारी गाउँपालिकाका कर्मचारीले बिहान साढे १० बजे कार्यालयमा उपस्थित भएर धर्नामा बस्न आग्रह गर्दै धर्नामा अनुपस्थित हुने कर्मचारीलाई स्पष्टीकरणसहित २ हजार र धर्नामा बस्न अटेर गरेर पालिकामा बसेर काम गर्ने कर्मचारीलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने लिखित निर्णय नै गरेको छ ।

कांग्रेस, एमाले र माओवादी निकट कर्मचारीहरुले काम रोकेर थालिएको आन्दोलनमा असन्तुष्टि जनाउँदै सरकारसँग एकतर्फी वार्ता गरेको भन्दै स्थानीय तह केन्द्रीय संघर्ष समितिको व्यानरमा देशव्यापी आन्दोलन जारी छ ।

संघर्ष समितिको व्यानरमा आन्दोलन गरिरहेका कर्मचारीले दलीय आस्था राख्ने कर्मचारीले आन्दोलनमा आउन आनाकानी गरेको भन्दै जरिमाना तोक्ने विधि अपनाएका छन् ।

संघर्ष समितिका संयोजक दिपक गौतमका अनुसार आज पनि काठमाडौँसहित देशभर आन्दोलन जारी रहनेछ भने प्रदर्शनका लागि पालिकाबाट कर्मचारीहरु काठमाडौँ आउने क्रम जारी छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार ०९:१९

लोकप्रिय