सूचनाको शक्ति - The Power Of Information

        

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरिया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिनुभयो । उहाँले गैँडा जुधेर मरेकाे हुनसक्ने बताउनु भएकाे छ ।

चितवन राष्ट्रिय नकुञ्जमा चालु आर्थिक वर्षमा मात्रै पाँच वटा गैँडा मरेका छन् । तीमध्ये एउटा चोरी शिकारीले मारेको आशङ्का गरिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार ०९:१८

लोकप्रिय