सूचनाको शक्ति - The Power Of Information

        

इजरायलको नाकाबन्दीपछि गाजा क्षेत्रमा मानवीय संकट

इजरायली बमबारी र नाकाबन्दीपछि गाजा क्षेत्रमा मानविय संकट चुलिएको छ ।

त्यहाँका सर्वसााधारण नागरिकहरूलाई खाद्यान्न, इन्धन र पानीको अत्यावश्यक आपूर्तिको अनुमति दिन संयुक्त राष्ट्रका महासचिवले आग्रह गर्नुभएको छ । महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा हजारौं बालबालिका र निहत्था सर्वसाधारणको जिवन रक्षाको लागि मानविय सहायता अपरिहार्य भएको बताउनुभयो ।

अमेरिकाले इजरायल, संयुक्त राष्ट्रसंघ र इजिप्टसँग केही सहायता सामिग्र गाजा क्षेत्रमा पठाउने र त्यहाँका बासिन्दाहरूलाई बाहिर जान दिने बिकल्पमाथि छलपल गरिरहेको जनाएको छ । इजरायलले औषधि, खाना, इन्धन र पानीलगायतका बिजुली आपूर्ति बन्द गरेपछि गाजा क्षेत्रमा मानविय संकट गहिरिएको छ ।

यसैबीच, इजरायली सेनाले गाजा नजिकै हजारौंको संख्यामा भेला भएको र आफुलाई सुम्पिएको मिसन पुरा गर्न तयार अवस्थामा रहेको जनाएको छ ।

शनिबार भएको हमासको आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको संख्या १२ सय पुगेको छ भने गाजामा इजरायली पक्षबाट भएको जवाफी हमलामा ११ सय भन्दा बढी मानिस मारिएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार ०८:१४

लोकप्रिय