सूचनाको शक्ति - The Power Of Information

        

नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्रीको टोली इजरायल प्रस्थान

इजरायलमा रहेका नेपालीको उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

गएराति इजरायल उड्ने भनिएको नेपाल एयरलाइन्सको जहाज आज बिहान ४ बजे इजरायल प्रस्थान गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । उक्त जहाजले इजरायलमा उद्धार पर्खिरहेका विद्यार्थीलाई स्वदेश ल्याउनेछ ।

सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने छ । इजरायलमा मृत्यु भएका १० नेपाली विद्यार्थीको शव भने तत्काल नआउने भएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार ०७:१७

लोकप्रिय