सूचनाको शक्ति - The Power Of Information

        

फिफा विश्वकप छनोट प्रारम्भिक चरणमा आज नेपाल र लाओसबीच प्रतिस्पर्धा

फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत आज नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ 

डबल लिग फर्म्याटमा हुने खेलमा नेपालले दोस्रो खेल अक्टोबर १७ मा लाओसमा खेल्नेछ । 

यसको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ । दोस्रो चरणको क्वालिफायर समूह चरणको ढाँचामा हुनेछ 

यसअघि हिजो लाओससँग खेल्ने नेपाली टोलीको घोषणा भएको थियो । 

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसले हिजो २३ सदस्यीय टोली घोषणा गरेका थिए । 

उनले नेपाली डिफेन्डर अमृत श्रेष्ठ र फरवार्ड सञ्जीव विष्टलाई पहिलो पटक समेट्दै टोली घोषणा गरेका हुन् 

योसँगै हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यूरोड टिमका फरवार्ड सञ्जीव विष्टले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार ०७:०१

लोकप्रिय