सूचनाको शक्ति - The Power Of Information

        

काभा भलिबल : अफगानिस्तानमाथि नेपालकाे राेमाञ्चक जित

काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानमाथि राेमाञ्चक जित निकालेकाे छ ।

आज बुधवार दिउँसाे श्रीलङ्कामा भएकाे खेलमा नेपालले अफगानिस्तानलाई ३–२ काे सेटमा हरायाे । पहिलाे सेट जितेकाे नेपालले दाेस्राे र तेस्राे सेट गुमाएकाे थियाे । त्यसपछि चाैथाे र पाँचाैँ सेट जित्दै नेपालले राेमाञ्चक जित हात पारेकाे हाे ।

पहिलाे सेट नेपालले २५–१९ ले जित्याे । दाेस्राे र तेस्राे सेट नेपालले २६–१९ र २५–२२ ले गुमायाे । यस्ताै चाैथाे र पाँचाैँ सेट नेपालले २५–२१ र १५–१० ले जित्याे ।

प्रतियाेगितामा यसअघि भएका दुई खेलमा नेपालले एकमा जित र एकमा हार बेहाेरेकाे छ । पहिलो खेलमा बङ्लादेशलाई ३–१ ले हराएको नेपाल हिजो मङ्गलवार भएको दोस्रो खेलमा आयोजक श्रीलङ्कासँग ३–० ले पराजित भएको थियो ।

अब नेपालले पर्सि शुक्रवार साउदी अरेबियासँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । छ टोली सहभागी भएकाे प्रतियोगितामा राउन्ड रोबिन लिगपछि अङ्क तालिकाका शीर्ष दुई टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १७:५५

लोकप्रिय