धनकुटाको एक प्रहरी चौकीका इन्चार्ज सुतेकै अवस्थामा मृत भेटिएका छन् । धनकुटाको चौबिसे गाउँपालिकामा रहेको मुढेबास प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) ४१ वर्षीय प्रकाश चौधरी मृत अवस्थामा भेटिएका हुन् ।
कोठामा सुतेको अवस्थामा चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । मोरङ घर भएका उनलाई ओछ्यानमा घोप्टो परेर सुतेको अवस्थामा फेला पारिएको थियो ।
धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनका अनुसार मृत्युको कारण खुलेको छैन । शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । धनकुटा