सूचनाको शक्ति - The Power Of Information

        

विश्वकप क्रिकेटमा पाकिस्तान र इंग्ल्याण्ड विजयी

भारतमा जारी एक दिवसिय विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ ।

पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको पाकिस्तानले मंगलबार राति सम्पन्न दोस्रो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्‍यो । हैदरावादमा टस जितेर पहिले व्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउर ३ सय ४४ रन बनायो ।

उसका लागि कुशल मेन्डसिले १ सय २२ रन तथा सदिरा समराबिक्रमाले १ सय ८ रन जोडे । पाकिस्तानका हसन अलीले ४ विकेट लिए । जवाफमा ३ सय ४५ रनको लक्ष्य पाकिस्तानले ४८ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो । पाकिस्तानको जितमा होमोमद रिजवानको अविजित १ सय ३१ रन तथा अब्दुल्लाह शफिकको १ सय १३ रन महत्वपूर्ण रह्यो ।

मंगलबार नै भएको अर्को खेलमा इंग्ल्याण्डले बंगलादेशलाई १ सय ३७ रनले हरायो । हिमान्चल प्रदेशको धर्मशाला रंगशालामा भएको खेलमा ३ सय ६५ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८ ओभर २ बलमा अलआउट हुँदै २ सय २७ रनमा समेटियो । पहिलो खेलमा न्युजिल्याण्डसँग हारेको इंग्ल्याण्डको जारी विश्वकपमा यो पहिलो जित हो ।

विश्वकप क्रिकेटमा बुधबार भारत र अफ्गानिस्तान भिड्नेछन् । दिल्लीमा हुने यो खेल दिउँसो सवा २ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार ०८:१०

लोकप्रिय