सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० असोज २४ गते बुधवारको राशिफल

२०८० असोज २४ गते बुधवार, ११ अक्टोबर २०२३ । आश्विन कृष्णपक्ष द्वादशी तिथि, १७ः४० बजेपछि त्रयोदशी । मघा नक्षत्र, १९ः०६ बजेपछि पूर्वफाल्गुनी । चन्द्रराशि सिंह ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला । परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । परिस्थितिवश पढाइलेखाइमा समय दिन नसकिएला । केही कामको अवसर प्राप्त भए पनि आँटेको काममा बाधा हुन सक्छ । प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ । नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् । तापनि अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रयत्न गर्दा अवसर जुट्नेछ र मिहिनेतको फल प्राप्त हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । तर अरूको भरपर्दा काम बिग्रन सक्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । बलजफ्तीले केही चुनौती पनि निम्त्याउन सक्छ । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ । अध्ययनमा धेरै समय दिन नसकिएला । अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली–व्यवहारमा सजग रहनुपर्ला । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आत्मविश्वासको कमीले पछि परिनेछ । अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ । तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ । खानपानको सोखले स्वास्थ्य बिग्रन सक्छ । परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

छिमेकमा असमझदारी बढ्ने हुँदा होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ला । बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । केही खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । तर आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

पहिलेको कर्मफल तथा उठ्नुपर्ने रकम हातलागी हुनेछ । नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

राम्रो कर्मफल प्राप्त हुनाले उत्साह जाग्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । तर समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । काम रोकिनाले थप अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन् । नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला । अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ । तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा समेत प्रवृत्त भइनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ । अस्वस्थता र कमजोरी अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्नेछ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । आकस्मिक खर्च बढ्नेछ, तापनि सहयोग गर्नेहरू समेत भेटिनेछन् । समयमा समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । अर्थअभाव हुन नदिन समयमा सजग रहनुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

काममा साथीभाइको सहयोग जुट्नेछ । धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ । अतिथिको रूपमा सत्कार पाइएला । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यवसायले रमाइलो यात्रा गराउन सक्छ । प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ । सरोकार नभएका विषयमा चासो राख्नाले दुःख पाइनेछ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । शुभचिन्तकहरू समेत टाढा हुनेछन् । यात्राको प्रक्रियामा बढी खर्च गर्नुपर्ने हुन सक्छ । आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार ०७:०४

लोकप्रिय