२०८२ माघ २५ , आइतबार 9, February 2026, Monday

लुक्लाको उडान चार दिनदेखि ठप्प

सत्यपाटीसत्यपाटी । सोलुखुम्बु । २०८० असोज २३ गते मंगलबार

 सोलुखुम्बुको लुक्ला विमानस्थलमा चार दिनदेखि उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् ।

यो बेला दैनिक ४० वटासम्म उडान हुने गरेकोमा खराब मौसमका कारण पछिल्लो ४ दिनदेखि एउटा पनि उडान हुन नसकेको लुक्ला विमानस्थल कार्यालयले जनाएको छ ।

उडान नभएपछि सयौँ पर्यटक अहिले रामेछापको मन्थलीमा अलपत्र परेका छन् । काठमाण्डौबाट लुक्ला उडान गर्दा चाप बढेको भन्दै नागरिक उड्डयन प्राधिकरणले रामेछापको मन्थलीबाट लुक्ला उडान गर्न एअरलाइन्सहरुलाई निर्देशन दिएको छ ।

केहीबेर मौसम खुल्दा केही हेलिकप्टर उडान भएपनि जहाजको उडान ठप्प छ । मन्थलीमा खोजेजस्तो होटल नभएको र भएका होटल पनि निकै महँगो भएकाले पर्यटक हैरान भएका छन् ।

छोटो समयको बिदा लिएर आएकाहरु निराश हुँदै फर्किएका स्थानीयले बताएका छन् । बर्खा सकिएसँगै अहिले सयौँ विदेशी र नेपाली पर्यटक सगरमाथा क्षेत्रमा जाने तयारीमा छन् ।

प्रकाशित मिति : २०८० असोज २३ गते मंगलबार