सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा एक सातादेखि जारी कर्फ्यू हट्यो

नेपालगन्जमा एक सातादेखि जारी कर्फ्यू हटाइएको छ । जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।

उनले शान्ति सुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यू हटाइएको उल्लेख गरे । अघिल्लो मंगलबार नेपालगन्जमा तनाव उत्पन्न भएपछि दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो । अवस्था सामान्य बन्दै गएपछि केही दिनयता दिउँसोको समयमा निषेधाज्ञा र राति कर्फ्यू लाग्दै आएको थियो ।

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बन्ने देखिएपछि असोज १६ गते मंगलबार दिउँसो १ बजेदेखि नेपालगन्जमा अनिश्चितकालीन कफ्र्यू लगाइएको थियो । असोज १८ गतेदेखि दिउँसोको कर्फ्यू हटाइएको थियो भने रातिको समयमा कर्फ्यू कायमै राखिएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार १५:४१

लोकप्रिय