२०८२ चैत १ , आइतबार 16, March 2026, Monday

रसुवामा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज २३ गते मंगलबार

रसुवामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

आमाछोदिङ्मो गाउँपालिका–२ नेशिङ खोलामा हिजो बेलुका ट्रक दुर्घटना हुँदा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० असोज २३ गते मंगलबार