सूचनाको शक्ति - The Power Of Information

        

‘पशुपति प्रसाद २ : भष्मे डन’ ट्रेलर सार्वजनिक (भिडियो)

दिपेन्द्र के खनालको निर्देशन  फिल्म ‘पशुपति प्रसाद २’ को ट्रेलर सार्वजनिक गरिएको छ  ।   सोमबार सार्वजनिक ट्रेलरमा पनि दुई पात्रबीच पशुपतिनाथ क्षेत्रभित्र टकराव देख्न सकिन्छ । सौगात मधेशी चरित्रमा प्रस्तुत छन् ।

खगेन्द्र लामिछानेको लेखन र निर्माण रहेको यस फिल्ममा विपिन, सौगात र स्वस्तिमाका साथै रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल, संजोग रसाइलीलगायतको अभिनय छ ।

खगेन्द्र लामिछाने र वर्षा सिवाकोटीको विशेष भूमिका रहेको फिल्मको एक गीतमा अभिनेत्री आँचल शर्माले नृत्य गरेकी छन् ।आगामी कात्तिक ४ गते (फूलपाती)बाट प्रदर्शन हुन लागेको फिल्ममा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार ०८:५३

लोकप्रिय