सूचनाको शक्ति - The Power Of Information

        

इजरायलमा मारिएका नेपालीको शव ल्याउने तयारी

इजरायलमा हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल ल्याउन नेपाल सरकारले इजरायल सरकारसँग समन्वय थालेको छ ।

इजरायलस्थित नेपाली राजदूतावासले घाइते चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुई जनालाई तेल अबिबमा सुरक्षित राखिएको जानकारी दिएको छ ।

दूतावासले जारी गरेको विज्ञप्ति अनुसार प्रहरी, अस्पताल लगायत उपलब्ध स्थानीय संयन्त्रको सहयोगमा सम्पर्कविहीन भएका एकजना नेपालीको खोजीलाई तीव्र पारिएको छ ।

यस्तै, दूतावासले नेपाल फर्कन इच्छुकहरुका लागि अनलाइन रजिष्ट्रेसन सुरु भईसकेको र हालसम्म २ सयभन्दा बढीले नाम टिपाएको जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार ०८:४८

लोकप्रिय