सूचनाको शक्ति - The Power Of Information

        

एक दिवसिय विश्वकप क्रिकेटमा न्युजिल्याण्डको लगातार दोस्रो जित

 भारतमा जारी एक दिवसिय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार दोस्रो जित निकालेको छ ।

पहिलो खेलमा इग्ल्याण्डलाई हराएको न्यजिल्याण्डले सोमबार भएको दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९९ रनले हरायो । न्युजिल्याण्डले दिएको ३ सय २३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४६ ओभर ३ बलमा २ सय २३ रनमा समेटियो ।

नेदरल्यान्ड्सका लागि कोलिन एकरमनले ६६ रन जोडे । न्युजिल्याण्डका मिचेल सान्टनरले १० ओभरमा ५९ रन खर्चेर ५ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ३ खेलाडीको अर्धशतकको मद्दतमा ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २२ रन बनाएको थियो । उसका लागि ओपनर विल योङले ७० रन, टोम लाथमले ५३ रन तथा रचिन रविन्द्रले ५१ रन जोडेका थिए ।

जारी विश्वकपमा न्युजिल्यान्डले लगातार दुई खेल जित्दा नेदरल्यान्ड्सले भने सुरुका दुबै खेल गुमाएको छ । एक दिवसिय विश्वकप क्रिकेटमा मंगलबार दुई खेल हुनेछन् ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार ०८:४६

लोकप्रिय