२०८२ कात्तिक २९ , शनिबार 15, November 2025, Saturday
मौसम पूर्वानुमान

मनसुनी वायुको प्रभाव कायमै, पाँच वटा प्रदेशमा वर्षाको सम्भावना

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८० असोज २३ गते मंगलबार

पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहँदा आज पनि देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको छ । केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । कोसी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेश लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ ।

विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आज राति आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । कोसी प्रदेशका थोरै स्थानमा तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८० असोज २३ गते मंगलबार