सूचनाको शक्ति - The Power Of Information

        

कालोमोसोसहित आक्रमण हुनुअघि के बाेलेका थिए दुर्गा प्रसाईंले ?

व्यवसायी दुर्गा प्रसाईंले देश उद्योग धन्दा र कल कारखाना सबै सिध्याएर तस्करी अड्डा र क्यासिनो खेल्नी ठाउँ जस्तो बनाइएको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायी प्रसाईंले अहिलेका दलहरुले देशलाई सुन तस्करी गरेर उद्योगधन्दा कलकारखाना सबै सिध्याएर तस्करी अड्डा र क्यासिनाे खेल्नी ठाउँ जस्तो बनाएको तर्क गरेका हुन् ।

 उनले भने, ‘यहाँ नक्कली पैसा र सुनको कारोबार हुन्छ । यो देश उद्योग धन्दा कल कारखाना सबै सकाएर तस्करी अड्डा क्यासिना खेल्नी ठाउँजस्तो बनाएका छन् । हामी क्यासिनोको गोटी हौं यीनीहरुको ?

विभिन्न नेताहरुको नामै लिएर गम्भीर आरोप लगाएका उनले उपसभामुख ईन्दिरा राना मगरले बाल मन्दिरबाट ५ जना बच्च बेचेको दाबी गरे । बाल मन्दिरको १७ वटा बच्चा बेचिएकोमा ५ वटा बच्चा उपसभामुखले बेचेको प्रमाण रहेको आफूसंग रहेको उनको दाबी छ ।

उनले भने,‘बाल मन्दिरको १७ वटा बच्चा बेचेको रहेछ १७ वटा मध्येमा ५ वटा बच्चा पत्ता लाग्यो कस्ले कहाँ कहाँ बेचेको रहेछ । उपसभामुखले नै बेचेको प्रमाण मसंग सुरक्षीत छ । कस्तो मानिस राखेर देश हाँक्न खोज्दै हुनुन्छ ।’

व्यवसायी प्रसाईंले केपी शर्मा ओलीले देशको सबै पैसा टावरमा र मानीस नै नभएको ठाउँ जनकपुरमा रोखेको रेलमा लगेर थुपारेको टिप्पणी गरे । त्यसपछि प्रसाईंलाई अज्ञात व्यक्तिले कालोमोसो दलेका थिए ।

पत्रकार सम्मेलन सकेर हलबाट बाहिरिएलगत्तै अज्ञात व्यक्तिले कालोमोसो दलेका हुन्। प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषा गरेका थिए। तर, आज उनैलाई कालोमोसो दलिएको हो।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार १८:१८

लोकप्रिय