२०८३ असार २ , मंगलबार 16, June 2026, Tuesday

लुम्बिनीका अर्थमन्त्री मास्की सवार गाडी दुर्घटना

सत्यपाटीसत्यपाटी । बाँके । २०८० असोज २२ गते सोमबार

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की चढेको गाडी सोमबार दिउँसो दुर्घटनामा परेको छ ।

राप्ती राजमार्ग अन्तरगत तुलसीपुरबाट अमेलिया हुँदै देउखुरीस्थित मन्त्रालयतर्फ जाँदै गरेको लु १ झ ७३८ नम्बरको गाडी तुलसीपुर-१२ सितलपुरको घुम्तीमा दिउँसो चार बजेतिर दुर्घटनामा परेको हो ।

अर्थमन्त्री मास्कीका प्रेस संयोजक दीपक बोहराका अनुसार दुर्घटनामा अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पिएसो मनबहादुर थिडी, चालक मनबहादुर बंशी मगर सामान्ने घाइते भएका छन् ।

घाइते सबैको हात खुट्टामा सामन्य चोट लागेको छ । अर्थमन्त्रीसहित चारै जना घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सडकमा आएको बच्चा जोगाउने क्रममा गाडी सडकबाट बाहिर गएको चालकले बताएका छन् ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमबार