मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन् । काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि एक समूहले कालोमोसो दलेका हुन् ।
प्रसाईंले उक्त होटलमा पत्रकार सम्मेलन राखेका थिए । पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो दलिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले प्रसाईंलाई उद्धार गरेर प्रहरी वृत्त दरबारमार्ग लगिएको बताए ।
‘उहाँमाथि कालोमोसो दल्ने प्रयास भएको खबरपछि उद्धार गरेर प्रहरी वृत्त ल्याएका छौं,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान हुँदैछ ।’ प्रसाईंलाई कसले कालोमोसो दलेको हो भन्ने खुलेको छैन ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं