सूचनाको शक्ति - The Power Of Information

        

मारमा विद्यार्थी

नेपालका लागि इजरायलका राजदूत खनान गोदरले त्यहाँ भएको आतंकवादी हमलामा नेपाली पनि परेको बताएका छन् ।

उनका अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विद्यार्थीसमेत आतंकवादी हमलाको चपेटामा परेका छन् ।

‘यतिबेला इजरायल युद्धमा छ । केही नेपाली मारिएका छन्, केही हराइरहेका छन्,’ उनले भने, ‘जसमध्ये धेरैजसो सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी छन् ।’

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलको सेडोट सहरमा गराएको विस्फोट र आक्रमणमा त्यहाँ रहेका सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान अध्ययन संस्थानका विद्यार्थी पनि परेका हुन् ।

लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका ४९ जना विद्यार्थीलाई त्यहाँको सेडोट नेगेभ कलेजले विभिन्न ६ वटा कृषि फार्ममा काममा लगाएको थियो ।

उनीहरूमध्ये ११ जना डेभिडियन कृषि फार्म, नौजना बेनी अमर कृषि फार्म, चारजना काडोस फार्म, चारजना रचमिन मुगरबी फार्म र तीनजना सोरासिम कृषि फार्ममा कार्यरत रहेका बेला हमासको आक्रमणमा परेका छन् ।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार ०८:४५

लोकप्रिय