सूचनाको शक्ति - The Power Of Information

        

इजरायल र प्यालेस्टाइनबीचको युद्ध आजपनि जारी

 इजरायल र प्यालेस्टाइनबीचको युद्ध सोमबार पनि जारी रहेको छ ।

इजरायलले आफ्नो देशमा प्रवेश गरेका लडाकुविरुद्ध कारबाही जारी राखेको छ । हमासले पनि यसको प्रतिकार गरिरहेको छ । इजरायलमाथि प्यालेस्टिनी बिद्रोही समूह हमासले गरेको आक्रमणका क्रममा इजरायली संगीत महोत्सव स्थलबाट २ सय ५० जनाको शव फेला परेको छ ।

शनिबार इजरायलीहरुले धार्मिक पर्व मनाइरहेकोबेला हमासले आक्रमण गर्दा पर्वमा सहभागीहरु मारिएका हुन् । हमासको आक्रमणम ७ सय इजरायलीको मृत्यु भएको र २ हजार बढी घाइते भएका छन् । प्यालेस्टाइनतर्फ भने ४ सय १३ को मृत्यु हुँदा २३ सय बढी घाइते भएका छन् ।

इजरायलले गाजामा गरेको हवाई हमलामा अहिलेसम्म ३ सय १३ जना मारिएको प्यालेस्टिनी अधिकारीहरुले बताएका छन् भने गाजामा २ हजार बढी घाइते भएका छन् । हमासले नियन्त्रणमा लिएका इजरायली र अन्य देशका नागरिकहरुको अवस्था अज्ञात छ ।

यसैबीच अमेरिकाले इजरायललाई सैनिक हतियार पठाई सहयोग गर्ने घोषणा गरेको छ । इजरायली सेनाले हमास बिद्रोहीले नियन्त्रण लिएको भूमिमा पुनः नियन्त्रणमा लिने प्रयास जारी राखेको छ ।

इजरायली प्रधानमन्त्री बेन्नामिन नेतान्याहुले हमासका प्रत्येक अखडा ध्वस्त बनाउने भन्दै गाजाका सर्वसाधारणलाई घर छाडेर भाग्न चेतावनी दिनुभएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार ०८:३४

लोकप्रिय