सूचनाको शक्ति - The Power Of Information

        

विश्वकप क्रिकेटमा भारतको विजयी सुरुवात

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक भारतले विजयी सुरुआत गरेको छ ।

चेन्नईस्थित चिदम्बर क्रिकेट रंगशालामा आइतबार भएको खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको हो । अस्ट्रेलियाले दिएको २ सय रनको लक्ष्य भारतले ४१ आभर २ बलमा ४ विकेट गुमाउर पुरा गर्‍यो ।

भारतका लागि के.एल. राहुलले अविजित ९७ रनको योगदान गरे । यसैगरी विराट कोहलीले ८५ रन जोडे । चौथो विकेटका लागि रहुल र कोहलीले १ सय ६७ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ९९ रन मात्रै बनाएको थियो । अष्ट्रेलियाका स्टिभ स्मिथले सर्वाधिक ४६ रन बनाए ।

एक दिवसिय विश्वकप क्रिकेटमा सोमबार नेदरल्याण्ड्स र न्युजिल्याण्ड भिड्नेछन् । पहिलो खेलमा इंग्ल्याण्डलाइ हराएको न्युजिल्याण्ड यो खेलमा लगातार दोस्रो जितको खोजीमा छ भने पहिलो खेलमा पाकिस्तानसँग हारेको नदेरल्याण्ड्स पहिलो जितको खोजीमा रहनेछ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार ०८:३२

लोकप्रिय