सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज शान्त बन्दै

नेपालगञ्जमा सामान्य हुँदै जनजीवन, विद्यालय कलेज खुल्न थाले

रातिको कर्फ्यु कायमै

नेपालगञ्जको जनजीवन सामान्य हुँदै गएको छ । उपमहानगरपालिकामा दिउँसोको समयमा जारी निषेधाज्ञा र रातिको ‘कर्फ्यु’ खुकुलो बनाइएको स्थानीय प्रशासनले जनाएको छ ।

यही असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो भने असोज १८ गतेदेखि दिउँसोको कर्फ्यु हटाई रातिको कर्फ्यु कायमै राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार जनजीवन सामान्य बन्दै गएपछि निषेधाज्ञा र कर्फ्युको समयावधि कम गरिएको हो । जसले गर्दा विद्यालय र कलेज तथा बजारमा पनि केही पसल खुलेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज आइतवार सूचना जारी गर्दै बिहान १० देखि राति १० बजेसम्म पाँच जनाभन्दा बढी भेला भई प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा कायम गरेको जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतवार १७:२२

लोकप्रिय