झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले मधेस प्रदेशका पूर्वअर्थमन्त्री र सचिवसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
झन्डै १८ करोड रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानी/नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियरले मधेस प्रदेशकाे आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार, तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ र सर्लाहीको लालबन्दी नगरपालिकाका तत्कालीन मेयर मानबहादुर खड्कासमेत सात जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
यस्तै प्रतिष्ठानका पदाधिकारीहरू अध्यक्ष रेवतीप्रसाद पन्तसहित महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भन्डारी र सदस्य देवेन्द्र रायलाई पनि प्रतिवादी बनाइएको छ ।
उनीहरूविरुद्ध १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताउनुभयो । नेपाल सरकारबाट जुन प्रयोजनका लागि लिएको रकम त्यसमा काम नगरि अन्यत्रै लगानी गरेर हिनामिना गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ