सूचनाको शक्ति - The Power Of Information

        

१९ औं एसियाली खेलकुदका आज सबै खेल सकिए

चीनमा जारी १९औँ एसियाली खेलकुद आइतबारबाट सकिएको छ ।

एसियाडको अन्तिम दिन आइतबार कराँतेका दुई तथा आर्टीस्टीक स्विमिङको एउटा स्वर्ण पदकको छिनोफानो भयो । आइतबार बिहान भएको कराँतेको पुरुष टिम कातातर्फ नेपाललाई चिनले हराएको छ ।

कराँतेकै महिला ५० केजी मुनिको तौल समुहमा चाइनिज ताइपेइले स्वर्ण पदक जितेको छ । यस्तै, अर्को इभेन्ट आर्टिस्टीक स्विमिङमा चिनले स्वर्ण पदक जितेको छ ।

यो समेत चिनले १९ औं एसियाडमा २ सय १ वटा स्वर्ण पदक जितेको छ । ५२ स्वर्ण पदकसहित जापान दोस्रो स्थानमा रहँदा ४२ स्वर्ण जितेको दक्षिण कोरिया तेस्रो स्थानमा छ । २८ स्वर्ण पदक जित्दै भारत चौथो स्थानमा आउँदा २२ स्वर्णसहित उज्वेकिस्तान पाँचौं स्थानमा छ ।

नेपालले भने एउटा रजत तथा एउटा कास्य पदक जितेको छ । आइतबार समापन समारोहमा कास्य पदक जितेकी कराँते खेलाडी एरिका गुरुङले नेपालको झण्डा बोक्नेछिन् ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतवार १३:१४

लोकप्रिय