नेपालमा हरेक वर्ष ३० हजारभन्दा बढी सडक दुर्घटना हुन्छन्।
नेपाल प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा ३५ हजार ७ सय ५४ सडक दुर्घटना भएका छन्। यस्ता सडक दुर्घटनाबाट वार्षिक २ हजार ५ सय मानिसले ज्यान गुमाउँदै आएका छन्।
प्रहरीको तथ्यांकअनुसार बितेका पाँच वर्षमा १२ हजार ६ सय १२ जनाको सडक दुर्घटनाबाट मृत्यु भएको छ। यस्तो डरलाग्दो तथ्यांकबारे राज्य पनि चिन्तित रहेको दाबी गर्छ।
गत आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले १० वर्षे सशस्त्र द्वन्द्वमाभन्दा १० वर्षको अवधिमा सडक दुर्घटनाबाट बढी मृत्यु भएको बताएका थिए।
सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह, २०८० उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले भनेका थिए, ‘यस्तो कहालीलाग्दो दुःखद् स्थिति आउन नदिनु हामी सबैको जिम्मेवारीभित्र पर्छ। सडक सुरक्षा ट्राफिक प्रहरी वा चालकको मात्र नभनेर सबैको जिम्मेवारीभित्र पर्ने भएकाले सबै चिन्तित हुन जरुरी छ।’,
सरकारका मन्त्री–प्रधानमन्त्री एवं जिम्मेवार सरोकारवालाहरूले सधैंजसो यसैगरी मौखिक चिन्ता प्रकट गरिरहन्छन्। तर, सडक दुर्घटना निरन्तर बढिरहेको तथ्यांकले देखाउँछ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ