सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षा

नेपालगन्जमा दिउँसो निषेधाज्ञा, राती कर्फ्यु कायमै

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा जारी गरेको कर्फ्यु आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै बिहानदेखि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको हो ।

आज बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए । बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म भने कर्फ्यु कायम रहने प्रशासनले जनाएको छ ।

निषेधाज्ञामा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टास्न वा लेख्न पाइने छैन । यस्तै हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको उनले बताए ।

जिल्लामा समग्र शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पतिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानव अधिकारको सम्मान गर्न सबैलाई कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार ०८:३५

लोकप्रिय