सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

नेपालबाट बाहिरिन थाल्यो मनसुन, तीन प्रदेशमा बर्षाको सम्भावना

नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन सुरु भएको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार विस्तारै यो क्रम देशभर चल्नेछ ।

शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने विभागले बताएको छ । नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ हो ।

यो वर्ष पनि केही दिन ढिलोबाट मनसुन बाहिरिन सुरु भएको हो । महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा छ ।

कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार ०७:४७

लोकप्रिय