निर्देशक कुमार भाष्करद्वारा निर्देशित फिल्म ‘कौसीद’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
‘नझर्थेर आँसु’ बोलको मार्मिक भावको गीतमा स्वर तथा संगीत बुद्ध लामाको छ भने शब्द रचना लक्ष्मण बानियाँको हो । फिल्ममा अभिनेता भोलाराज सापकोटा र अभिनेत्री ऋचा शर्माको मुख्य भूमिका छ ।
उनीहरू दम्पतीको भूमिकामा छन् । केदार भुसालको निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह-निर्मातामा लक्ष्मण बानियाँ छन् ।नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको फिल्ममा कथा लेखन रहेको छ ।
ऋणको चपेटामा परेको एक दम्पतीको कथामा आधारित भएर बनेको ‘कौसीद’मा रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिक्षा गौतम, सन्दीप लोहनी, निर्भीक भट्टराईको पनि अभिनय छ ।
निसाल पौडेलले छायांकन गरेको फिल्ममा भीम विश्वकर्माको सम्पादन छ । बड पिक्चर्सको ब्यानरमा तयार भएको फिल्म दशैको छेको पारेर असोज २६ गतेबाट प्रदर्शन आउने छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ