सूचनाको शक्ति - The Power Of Information

        

गोली लागेर घाइते भएकी शर्मिला चौधरीको उपचारको क्रममा मृत्यु

काठमाडौँको महाराजगञ्जमा गोली लागेर घाइते भएकी शर्मिला चौधरीको उपचारको क्रममा मृत्यु भएको छ ।

१० असोजमा चौधरी गोली लागेको अवस्थामा भेटिएकी थिइन् । उनी काठमाडौं महानगरपालिका वडा नम्बर –४ को पञ्चकन्या स्थित डेरामा घाइते अवस्थामा भेटिएकी थिइन ।

उनलाई उपचारका लागि महाराजगञ्ज स्थित त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनी नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक लक्ष्मण चौधरीकी पत्नी हुन् । अनुसन्धानका क्रममा उनले आफैँलाई गोली हानेको देखिएको प्रहरीको निष्कर्ष रहेको छ ।

उनले आफ्नो पतिले बोक्ने पेस्तोलबाट दुई राउन्ड गोली फायर गरेकी अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ । शर्मिलाको कोखामा १ राउन्ड गोली लागेको थियो । लक्ष्मण पेस्तोल डेरामै राखेर बाहिर निस्केका बेला श्रीमति चौधरीले पेस्तोल चलाएकी थिइन ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार ०८:३३

लोकप्रिय