२०८३ जेठ ३१ , आइतबार 14, June 2026, Sunday

शिक्षक लाइसेन्सको नतिजा अब एसएमएसबाट

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज १८ गते बिहीबार

शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको (टिचिङ लाइसेन्स) नतिजा एसएमएसबाट हेर्न सकिने जनाएको छ । आयोगले नतिजा शुक्रबार बिहानसम्म गर्ने तयारी गरेको जनाएको छ ।

आयोगले सूचना जारी गर्दै नतिजा प्रकाशित भएपछि एसएमएस मार्फत परीक्षार्थीले नतिजा हेर्न सक्ने जानकारी दिएको छ ।

शिक्षक सेवा आयोगले गत वैशाखमा विज्ञापन गरेर २३ भदौमा माध्यामिक तहको अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालन गरेको परीक्षामा ४९ हजार १७० जना सहभागी भएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

उक्त नतिजा सार्वजनिक भएपछि परीक्षार्थीले मोबाइलको मेसेज बक्स मा गई टीएसएलसी स्पेस ११ अंकको रोल नं ३१००७ मा एसएमएस गरी हेर्न सकिने आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० असोज १८ गते बिहीबार