सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’को कैद मिनाहा गर्ने सरकारी निर्णयमाथि कारण देखाउ आदेश जारी गरेको छ ।
बाँकेको नेपालगन्जमा दिउँसै व्यक्तिको हत्या गरेको आरोपमा दोषी ठहर भएका रिगललाई संविधान दिवसको अवसरमा बाँकी कैद मिनाह गरेर जेलमुक्त गरिएपछि परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा कैद मिनाह गरेपछि रिगलले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोज शर्माको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको छ ।
सर्वोच्चले निवेदकको मागअनुसार किन उत्प्रेषणको आदेश दिनु नपर्ने हो ? कारण पेश गर्न भनेको छ । सर्वोच्चले भारती शेर्पाको परिवारलाई सुरक्षा दिन समेत गृह मन्त्रालयलाई आदेश दिएको छ । राष्ट्रपतिले माफी मिनाह दिन मिल्ने वा नमिल्ने भन्ने कानूनी प्रश्नको निरुपणका लागि रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने आदेश गरिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं