जुम्लाको तातोपानी गाउँपालिका–८ का सुरतबहादुर शाही नेकपा एमालेका युवाको रूपमा जुम्ला जिल्लामा मात्र होइन कर्णालीमा नै परिचित नाम हो । शाही एमालेका जुम्ला जिल्ला कमिटी उपाध्यक्ष हुन् । एमालेमा उनी गाउँदेखि केन्द्रसम्म परिचित नेतामा पर्छन् । दुई पटक स्थानीय तहको टिकट पाएर पनि पराजित भएका थिए ।
उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा तातोपानी गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार थिए । निर्वाचनमा पराजित भए । नेतालाई आदर्श मानेर गाउँघरमा धेरै मानिसहरू पार्टीमा जोडिन्छ । तर शाहीले भने आफ्नै गाउँमा आफ्नै नाता पर्ने छोरी बहिनीहरूलाई यौन हिंसा र बलात्कार गरेका घटनाहरू बाहिर आउन थालेका छन् ।
उनको राजनीतिक पहुँचका कारण अहिलेसम्म कसैले मुख खोल्न नसके पनि अहिले भने उनकै गाउँका छोरी बहिनीहरू उनले गरेका अपराधका विरुद्ध मुख खोल्न थालेका छन् । अहिले मिडियामा नै आफै आएर उनले गरेका अन्याय अत्याचार र बलात्कारका विरुद्ध बोल्न थालेका छन् ।
एमालेका नेता शाहीको पहिलो घटना – उनले दुई वर्ष अगाडी गाउँकै अन्दाजी १६ वर्षकी नाबालिग शान्ति (परिवर्तित नाम) छोरी नाता पर्नेलाई बलात्कार गरेको चर्चा भएको थियो । शाहीले आफ्नै छोरी नाता पर्ने बालिका सानै भएकाले समाजको बेइज्जत हुन्छ भन्दै पैसा र खसी दिएर मिलापत्र गरेको अहिले आएर खुलासा भएको छ ।
तर नेता शाहीले त्यो अपराध ढाकछोप गर्न के कति पैसा दिए भन्ने कुरा कसैले खुलाउन चाहँदैनन् । त्यो विषयले त्यतिबेला टोप्ला गाउँमा खुब चर्चा भएको थियो । त्यो विषयमा गाउँमा चर्चा भए पनि कानुनी निकायमा भने आउन सकेन । उनले छोरी पर्नेलाई करणी गरेको त्यस घटनाका बारेमा स्थानीय एक प्रधानाध्यापकले चर्चा भएको बताए ।
‘एमाले नेता सुरतबहादुर शाहीले ती बालिकालाई करणी गरेको भन्ने हल्ला गाउँमा सुनेको हुँ । अरू मलाई थाहा छैन,’ उनले भने, ‘ती बालिका अहिले तराईतिर पढ्दैछिन् । त्यो घटना हुँदा उनी १५ देखि १६ वर्षको हुनुपर्ने हो । मलाई उनको जन्मको बारेमा यर्थात थाहा भएन । त्यो कुरा गाउँमै बसेर गुपचुपमा मिलाइयो ।’
दोस्रो घटना – शाही थरकै नातिनी नाता पर्ने एक जना विवाहित महिला छन् । उनीसँग पनि नेता शाहीले पटक पटक यौन सम्पर्क गर्न देऊ तिम्रो श्रीमान् शङ्का गर्छ कि नाइँ ? तिम्रो फेसबुक आइडी तिम्रो बुढासँग छ की छैन ? जस्ता एसएमएस पठाएर सताएको ती शाही थरकी महिला बत्ताउँछिन् ।
उनले भनिन, ‘यो एमालेको नेताले हाम्रा गाउँका धेरै दिदी बहिनीको अस्थित्व लुट्न खोजेको छ । कसैले नेता हो पहुँच छ भनेर केही गर्न सकेन । कसैले गाउँकै दाजुभाइ हो हाम्रो इज्जत जान्छ चुपचाप लागेका हुन् । त्यो खराब मान्छे हो । त्यसले गर्दा गाउँका सबै छोरी असुरक्षित भएका छन् ।’
तेस्रो घटना – शाहीकी छोरी नाता पर्ने एक अर्की किशोरीलाई पनि फोनमार्फत पटक पटक यौनको प्रस्ताव राखेको कुरा गाउँमा हल्ला फैलिएको थियो । त्यो विषय पनि गाउँमै गुपचुप गरिएको थियो ।
पटक पटक उसले गरेका अपराध, बलात्कारका घटना गाउँको आफ्नो भाइ छोरा भनेर सबै गाउँले चुपचाप बसेका हौँ । अहिले धेरै अति गर्ने थालेको छ । सबै गाउँलेलाई त्यो नेताबाट छोरीहरु कसरी सुरक्षित गर्ने हो भन्ने चिन्ता रहेको टोप्ला गाउँका एक जना स्थानीय बत्ताउँछन् ।
चौथो घटना – शाही थरकै १७ वर्षकी छोरी नाता पर्ने बालिकालाई बलात्कार गर्ने प्रयास गरेको सामाजिक सञ्जालको कुराकानी र फोन रेकर्ड अडियो भेटिएको छ । आफ्नै गाउँका एकै परिवारका छोरी, बहिनी नाता पर्ने साना साना किशोरीलाई आर्थिक प्रलोभन देखाउँदै यौन प्रस्ताव गर्ने गरेको गाउँलेहरु बताउँछन् ।
गाउँलेहरूका अनुसार केहीलाई बलात्कार गर्ने र केहीलाई बलात्कारको प्रयास गर्ने, केहीलाई सामाजिक सञ्जाल र फोनबाट शारीरिक सम्पर्क गर्न प्रस्ताव गर्ने, प्रस्ताव स्वीकार गर म फलानो काम गरी दिउला भन्दै यौन प्रस्ताव राख्दै आएका छन् ।
अन्दाजी १७ वर्षकी (धनु) नाम परिवर्तन बालिकालाई सामाजिक सञ्जालको म्यासेजमा इन्ट्राँसमा नाम निकाल्नको लागी भनी दिने, ट्युसन पढेको खर्च आफै तिरी दिने त्यसको बदलामा ती नाबालिगकाले एमाले नेता सुरत बहादुर शाहीले आफूलाई यौन प्रस्ताव राखेका छन् । ती नाबालिगकालाई म्यासेजमा मात्र होइन फोनमा पनि यौन प्रस्ताव राखेको अडिओमा सुन्न सकिन्छ ।
एमाले नेता शाही ती नाबालिगकाको जेठो बुबा पर्छन् । ती नाबालिगकाले भनिन्, ‘मेरो नातामा ठुलो बुवा पर्ने हुन् । तर त्यो अपराधीलाई के को ठुलो बुबा मान्नु ? उसले छोरी मान्दैन पटक पटक बलात्कार गर्ने सोच राख्छ । म उजुरी दिन तयार छु ।’ ती नाबालिगकाको आर्थिक अवस्था कमजोर हुँदा अरूकै घरमा बसेर अध्ययन गरिरहेकी छिन् । उनी अहिले जुम्ला आएर उजुरी दिन सक्ने अवस्थामा छैनन् ।
उनले भनिन्, ‘म घरबाहिर छु । पढ्न आएकी छु । यहाँ छोडेर जिल्ला आएको खण्डमा भोली त्यही घरमा मलाई पढ्ने व्यवस्था नहुन सक्छ ? त्यसपछि मेरो पढाई पुरा नहुन सक्छ । मलाई पढाइको चिन्ता छ । म कानुनी कुरा जान्दिन तर उसले पटक पटक मलाई करणी गर्ने मनसायले नै फोन म्यासेज गर्ने गरेको थियो ।’ राजनीतिको नाममा उसलाई सबैले माफी दिँदै आउँदा अहिले पनि उ नसुध्रँदा धेरै छोरी बहिनीको इज्जतमाथि खेल्दै आयो ।
तर अब त्यसलाई छोड्न नहुने यी बालिका बत्ताउँछिन् । उनले भनिन, ‘म उसलाई कानुन अनुसारको सजाय दिनुपर्छ भन्छु । नेता शाही लामो समयसम्म फेसबुकमार्फत यौन प्रस्ताव राखेर हैरान बनाएपछि मैले मेरो दाईलाई भनेकी थिए । ‘दाइले त्यो मान्छे गलत छ । जे भने पनि फोन रेकर्ड गर्नु भनेपछि मैले उसले गरेको फोन कल रेकर्ड गरेकी हुँ । सुरत शाहीले पटक पटक म्यासेज गर्ने डिलिट गर्ने, भेटौँ भन्ने गर्न थालेपछि दाइसँग सल्लाह गरेर म्यासेज राखे, फोन रेकर्ड गरे,’ ती बालिकाले भनिन् ।
ती बालिकाले आफ्ना लागि मात्रै नभई गाउँका अरू बैनीहरूको लागि पनि लड्नुपर्छ भनेर यो कुरा बाहिर ल्याएको बताइन् । उनले भनिन्, ‘म गरिब बाउको छोरी भएर पढाइकै लागि अरूको घरमा श्रम गरेर बसेको थाहा पाएकाले सुरतले यस्तो सोच राखेको हो ।’ उनले मलाई मात्रै होइन यस अघि हाम्रा गाउँका अरू छोरी बहिनिलाई समेत यस्ता क्रियाकलाप गर्दै आएको पाइएको छ ।’
‘यसअघि म बस्ने ठाउँमा आएको बेला मलाई ६ महिनादेखि म्यासेज फोन गर्ने गरेको थियो । धेरै अति भएपछि फोन रेकर्ड गरेकी हुँ,’ उनले थपिन्, ‘समाजले हामी जस्ता अन्यायको विरुद्ध लड्ने छोरीलाई राम्रो मान्दैन तर पनि म यस्ता आपराधिक सोच भएका गलत व्यक्तिबाट गाउँका अरू छोरीहरू सुरक्षित हुन भन्ने मानसिकता बोकेर लड्न खोजेकी हु ।’
एमाले नेता शाहीले टोप्ला गाउँमा एक जना किशोरीलाई करणी गरेको भन्ने हल्ला थियो । ‘त्यसपछि हामी जस्ता तीन जनालाई करणी गर्ने प्रयास गरेको हो,’ ती बालिका भन्छिन् । त्यस्तै टोप्ला गाउँमै अनुसार एमाले नेता शाहीले अर्को आफ्नी बहिनी पर्नेलाई यसअघि यौन सम्पर्क गर्न देऊ भनी प्रस्ताव राखेको कुरा थाहा पाएको स्थानीय यज्ञबहादुर शाहीले बताए ।
उनले भने, ‘यो कुरा स्थानीय तहको निर्वाचन हुन भन्दा पहिलाको हो । त्यो पनि नेता शाहीको छोरी नाता पर्ने हो । तर एमाले नेता शाहीले म्यासेज गर्ने डिलिट गर्ने, अनि यस्तो कुरा कसैसँग नभन्नु भने गरेका मेरो बैनीसँग गरेका रैछन् । नेता शाहीले नचाहिँदो म्यासेज गरेको थाहा पाएर आफुले फोनमै थर्काएपछि फेसबुक ह्याक भएको र त्यो ह्याक गर्ने त नै हो भनेर आरोप लगाएको ती बालिका दाई बताउँछन् ।
उनले भने, ‘उनको फेसबुक ह्याक भएको भए ,म्यासेज अरूले गरेको भए , म्यासेजमा यौन प्रस्ताव राखेका थिए । त्यही प्रस्ताव फोन बाट किन राखे ? म्यासेज गर्ने र फोन गर्ने सुरत शाही नै थियो ।’ एमाले नेता शाहीले फोनमा भनेका छन्, ‘म तिमिसँग अरु कुरा गर्दिन तिम्रो पढ्ने कुरा फिक्स गरेको छु तिम्रो पढाइको लागी खर्च म दिन्छु राम्रोसँग पढ्नु अनि मैले मागेको त्यो कुरा दिन्छा्रै नि ?’
बालिका : हुन्छ के कुरा हो भन्नु नि ?
शाही : सेक्स गर्न दिनुपर्छ ।
शाही : बालिकालाई फोटा पठाउनु फेसबुकको मेसेजमा ।
बालिका : के को फोटा ?
शाही : तिम्रो मिल्क (स्तन)को फोटा पठाउँ ।
तातोपानी गाउँपालिका–८ का वडाध्यक्ष नरबहादुर रावतले शाहीका गलत कामका बारेमा गाउँमा हल्ला सुनेको बताए । उनले भने, ‘हामी जनप्रतिनिधिको हिसाबले गलत गर्ने मान्छेलाई कारबाही हुनुपर्छ भन्छौँ । सत्यतथ्य के हो थाहा छैन तर गाउँमा तपाँइले सुनेजस्तो हल्ला सुनेको हुँ ।’ नेता शाहीले एकपटक नभई पटकपटक आफ्नै गाउँकै छोरी बैनीलाई आर्थिक प्रलोभन देखाइ करणी गर्न खोजेको देखिन्छ ।
त्यसरी गाउँमा राजनीति गर्ने नेताको रूपमा आफूलाई उभ्याउने, तर गाउकै हाड नाता पर्ने छोरी बैनीको अस्तित्व पैसाले किन्न थालेको लामो समय भएको गाउँले बत्ताउँछन् । उनका यस्ता गलत कामलाई गाउँका मानिसहरूबाट पनि पटक पटक ढाकछोप हुँदै आएका छन् । त्यही भएर उनीविरुद्ध प्रहरीमा उजुरी आजसम्म कसैले दिएका छैनन् ।
त्यस्तै पछिल्लो सयमा बलात्कारका घटनाहरू दिन प्रतिदिन सुनिन्छ, त्यो पनि अपरिचित भन्दा बढी परिचित वा आफन्तबाटै । आफ्नै घरपरिवारका सदस्यहरूबाट बालिका, महिलाहरू बलात्कारको सिकार हुँदै आएका छन् । कारबाही गर्ने कानुन छ, तैपनि बलात्कारका घटनाहरूमा कमी आएको छैन । प्रशासनको काम गलत गर्ने मान्छेलाई कानुनी दायरामा ल्याउनु हो ।
पहिला पीडित पक्ष उजुरीको लागी प्रहरीमा आउन पर्छ । तर यहाँ त्यस्तो नभएको जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे बत्ताउँछन् । प्रमुख जिल्ला अधिकारीले भने, ‘प्रहरी उजुरी लिने निकाय हो । त्यसको अनुसन्धान गर्ने अधिकार पनि प्रहरीलाई नै हुन्छ । राय दिने अधिकार सरकारी वकिलको हो । पीडित प्रहरीमा उजुरी दिन आउनुपर्छ । न्याय दिने काम अदालतको हो ।’
बलात्कारीलाई सजाय हुनुपर्छ । तर यहाँ तीनै समाजमा जान्ने सुन्ने बनेर हिँड्छन् । समाजमा ठुला ठालुले गरेका जघन्य अपराधका घटनाका विरुद्ध पनि प्रहरीमा उजुरी पुग्दैनन् । कतिपय जघन्य अपराधका घटना अदालतमा नपुगेका उदाहरणहरू पनि छन् । अदालतमा पुगेका केही बलात्कारका घटनाहरू पनि पीडित होस्टाइल गराएर सफाइ पनि पाएका छन् । यस घटनाका प्रमाणहरू हामीकहाँ सुरक्षित छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । जुम्ला