सूचनाको शक्ति - The Power Of Information

        

‘परदेशी २’को गीत ‘कुरा सिधा छ’ सार्वजनिक (भिडियो)

आगामी असोज २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म  ‘परदेशी २’को गीत सार्वजनिक गरिएको छ ।

‘कुरा सिधा छ’  बोलको गीतमा प्रताप दास र मीना निरौलाको स्वर तथा बिबि अनुरागीको शब्द रचना अनि संगीत रहेको छ ।

गोविन्द राईको कोरियोग्राफी रहेको गीतमा फिल्मका अभिनेता प्रकाश सपूत र अभिनेत्री वर्षा सिवाकोटी फिचर्ड छन् ।

नारायण रायमाझी निर्देशित फिल्ममा प्रकाश र वर्षाका अलवा केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको पनि अभिनय छ ।

निर्देशक रायमाझी र राजेश वंशलले मिलेर फिल्म निर्माण गरेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १२:४७

लोकप्रिय