सूचनाको शक्ति - The Power Of Information

        

फिल्म `वानर सेना´ को नयाँ गीत रिलिज (भिडियो)

अर्पण गिरी (अरमान जंग)को डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘वानर सेना’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।निर्देशक गिरीको शब्द रचना तथा स्वर अनि जोन तामाङ र निर्देशक गिरीको संगीत रहेको छ ।

‘तिम्रो जुनेली रुप’ बोलको गीतमा फिल्मका मुख्य कलाकार अर्पण गिरी (अरमान जंग) र आरजु प्रसाई फिचर्ड छन् ।फिल्मको कथा, पटकथा तथा संवाद पनि स्वयंम निर्देशक गिरीले नै लेखेका हुन् ।

युवराज गिरीको लगानी रहेको फिल्मलाई गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतीमा निर्माण भएको हो ।  फिल्ममा  निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, बिशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र बिशेष भुमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।

आगामी शुक्रबार अर्थात् असोज १९ गतेबाट प्रदर्शनमा आउने फिल्ममा विनोद सापकोटाको छायांकन, रवी केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन, प्रविन ढकालको कलर, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्धन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र बन्दे प्रसादको सम्पाद रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १२:४१

लोकप्रिय