सूचनाको शक्ति - The Power Of Information

        

पहिरोले मालढुंगा–बेनी सडक अवरुद्ध

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ ।

केही दिनदेखिको निरन्तरको वर्षाले पर्वतको जलजला गाउँपालिका– ७ केरावारीमा पहाडवाट झरेको पहिरोले सडक अवरुद्ध बनेको हो ।

वर्षा नरोकिएकाले पहिरो पन्छाउने काम हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो । वर्षा रोकिएलगत्तै सडक खुलाइने उहाँले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीवाट छुटेका सवारीसाधन मिलनचोकमा अलपत्र भएका छन् भने अन्यत्रवाट आएका सवारीसाधनहरु लस्तीबजारमा रोकिएका छन् । केहि साना सवारीसाधनहरु भने बागलुङतर्फवाट वैकिल्पक मार्गको प्रयोग गरी गन्तव्यतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

निरन्तरको झरीले जिल्लाका ग्रामीण क्षेत्रका मुख्य सडकहरु समेत अवरुद्ध बनेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १२:३०

लोकप्रिय