नेपालगञ्जमा लागेको ‘कर्फ्यु’ का कारण नेपाल–भारत सीमा नाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन शुरु गरिएको छ ।
कर्फ्युका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन शुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार सीमा क्षेत्रमा दुई हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा रहेका छन् ।
यातायात व्यवसायीसँग समन्वय गरेर सीमा क्षेत्रमा रोकिएका सबै यात्रुलाई सुरक्षित गन्तव्यसम्म पठाउन थालिएको हो । जमुनाहादेखि राँझासम्म पहिलो चरणमा झन्डै पाँच सय नेपाली पठाइएको प्रहरीले जनाएको छ । भारतबाट फर्केका नेपाली रातिदेखि नाकामा अलपत्र परेका छन् ।
दशैँ नजिकिँदै गर्दा भारतमा कामका लागि गएका नेपाली फर्किने क्रम बढ्न थालेको छ । भारतको सिमला, दिल्ली, पञ्जाबलगायतका क्षेत्रमा नेपाली कामका लागि जाने गर्दछन् ।
कर्फ्युपछि नेपालगञ्ज बजार बिहानैदेखि शान्त रहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले हिजाे मङ्गलवार दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कपर्यु जारी गरेको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके