२०८२ कात्तिक २३ , आइतबार 10, November 2025, Monday
सर्वपक्षीय बैठक

नेपालगञ्जमा कर्फ्यु खुकुलो, सद्‍भाव भड्काउनेलाई कडा कारबाही गर्ने

सत्यपाटी
सत्यपाटी । बाँके
२०८० असोज १७ गते बुधबार

सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ ।

चार दिनयता बढेको साम्प्रदायिक तनावका कारण लागेको कर्फ्यु क्रमशः खुकुलो बनाउँदै पूर्ण रुपमा हटाउन प्रयत्न गर्ने निर्णय यहाँस्थित राजनीतिक दलहरु, सुरक्षा निकाय, स्थानीय नागरिक सरोकारवालाहरुले गरेका हुन् ।

सामाजिक सञ्जालबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुनबमोजिम कडा कारबाही गर्ने निर्णयमा उल्लेख छ ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधबार