सूचनाको शक्ति - The Power Of Information

        

रिगलको कैद मिनाहाविरुद्ध सर्वोच्चमा रिट दायर

खुँडा प्रहार गरी व्यक्ति हत्या गर्ने नेपालगन्जका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

नेपालगन्जका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी हुन् ।

आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले माग गरेकी छन् ।

उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय पनि बदर गर्न माग रेकी छन् ।

उक्त निवेदनमाथि दुई पटक पेशी तोकिए पनि न्यायाधीशहरुले मुद्दा हेर्न नभ्याएका कारण सुनुवाइ हुन सकेको छैन । ढकालको खुकुरी प्रहारबाट २९ असार, २०७२ मा नेपालगन्जका २९ वर्षीय चेतन मानन्धरको मृत्यु भएको थियो । घटनापछि भागेर भारत लुकेका उनलाई प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार ११:२०

लोकप्रिय