सूचनाको शक्ति - The Power Of Information

        

बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

 बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।

मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो ।

हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भइसकेको छैन ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार ०९:४९

लोकप्रिय