सूचनाको शक्ति - The Power Of Information

        

सद्भाव र्‍याली

सामाजिक सद्‍भाव प्रगाढ बनाउन नेपालगन्जमा सद्‍भाव र्‍याली

नगरका विभिन्न भागको परिक्रमा

सामाजिक सद्भाव नेपालगन्जको पहिचान भएकाले यसलाई अझै प्रगाढ बनाउन विभिन्न धर्मगुरुहरूकोसहित आज नेपालगन्जमा सद्‍भाव र्‍याली निकालिएको छ ।

नेपालगन्जको वीपीचोकबाट सद्‍भाव र्‍याली निकालिएको हो । र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

यहाँका राजनीतिक दल, नागरिक समाजका अगुवा समेतले सामाजिक तथा धार्मिक सद्‍भावलाई थप बलियो बनाउन आम नगरबासी र जिल्लावासीमा अपिल गर्नुभएको छ ।

र्‍यालीमा धर्मावलम्बी, राजनीतिक दल, नागरिक समाज सम्मिलित सद्भाव र्‍याली प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो ।

‘सामाजिक र धार्मिक सद्भावविरुद्ध गतिविधि गर्नेलाई कानुनअनुसार कारबाही गर्ने र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबैले आफ्नो स्थानबाट सहयोग गर्नुृपर्ने उहाँको भनाइ छ ।

सामाजिक सञ्जालमा धर्म, समुदायविरुद्ध अभिव्यक्ति दिइएको भन्दै आइतबार नेपालगन्जमा प्रदर्शन भएपछि त्यसको प्रतिक्रियास्वरुप विभिन्न गतिविधि हुन सक्ने भन्दै नेपालगञ्जवासीले सद्भावको पक्षमा अभियान नै चलाएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार ०४:१६

लोकप्रिय