२०८३ असार ३ , बुधबार 18, June 2026, Thursday
सद्भाव र्‍याली

सामाजिक सद्‍भाव प्रगाढ बनाउन नेपालगन्जमा सद्‍भाव र्‍याली

नगरका विभिन्न भागको परिक्रमा
सत्यपाटीसत्यपाटी । बाँके । २०८० असोज १६ गते मंगलबार

सामाजिक सद्भाव नेपालगन्जको पहिचान भएकाले यसलाई अझै प्रगाढ बनाउन विभिन्न धर्मगुरुहरूकोसहित आज नेपालगन्जमा सद्‍भाव र्‍याली निकालिएको छ ।

नेपालगन्जको वीपीचोकबाट सद्‍भाव र्‍याली निकालिएको हो । र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

यहाँका राजनीतिक दल, नागरिक समाजका अगुवा समेतले सामाजिक तथा धार्मिक सद्‍भावलाई थप बलियो बनाउन आम नगरबासी र जिल्लावासीमा अपिल गर्नुभएको छ ।

र्‍यालीमा धर्मावलम्बी, राजनीतिक दल, नागरिक समाज सम्मिलित सद्भाव र्‍याली प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो ।

‘सामाजिक र धार्मिक सद्भावविरुद्ध गतिविधि गर्नेलाई कानुनअनुसार कारबाही गर्ने र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबैले आफ्नो स्थानबाट सहयोग गर्नुृपर्ने उहाँको भनाइ छ ।

सामाजिक सञ्जालमा धर्म, समुदायविरुद्ध अभिव्यक्ति दिइएको भन्दै आइतबार नेपालगन्जमा प्रदर्शन भएपछि त्यसको प्रतिक्रियास्वरुप विभिन्न गतिविधि हुन सक्ने भन्दै नेपालगञ्जवासीले सद्भावको पक्षमा अभियान नै चलाएका छन् ।

प्रकाशित मिति : २०८० असोज १६ गते मंगलबार