सूचनाको शक्ति - The Power Of Information

        

कक्षा १२ को परीक्षा वैशाखमा

राष्ट्रिय परीक्षा बोर्डले यो शैक्षिक सत्रमा कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखमा सञ्चालन गर्ने भएको छ ।

बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने जनाएको हो । परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा पूरक परीक्षा गर्ने बोर्डको कार्यतालिका छ ।

नतिजा भने २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डको योजना छ । त्यस्तै कक्षा ११ को परीक्षा विद्यालयहरूले २०८१ को जेठ पहिलो हप्तामा गर्नुपर्ने जनाएको छ । कक्षा ११ को रजिस्ट्रेसन फाराम पुस १५ गतेबाट खुला गरेर माघ १५ गतेसम्म भर्ने समयावधि तोकिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार ०२:१३

लोकप्रिय