२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

भारतलाई तेस्रो झट्का, सन्दीपले लिए विकेट

सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८० असोज १६ गते मंगलबार

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको तेस्रो विकेट लिएको छ ।

नेपालले तेस्रो विकेटका रूपमा जितेश शर्मा आउट भएका हुन् । उनको विकेट नेपाली बलर सन्दीप लामिछानेले लिएका हुन् ।

सन्दीपले उनलाई पाँच रनको व्यक्तिगत स्कोरमा आफ्नो बलिङमा आफैले क्याच गरे । भारतले तेस्रो विकेट गुमाउँदा १२.५ ओभरमा एक सय १९ रन बनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १६ गते मंगलबार