चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको पहिलो विकेट लिएको छ । ९.५ ओभरमा नेपाली बलर दीपेन्द्रसिंह ऐरीले भारतका ओपनर ब्याट्सम्यान रुतुराज गाइकवाडको विकेट लिएका हुन् ।
ऐरीले गाइकवाडलाई २५ रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका हुन् । गाइकवाड भारतीय टोलीका कप्तान पनि हुन् । पहिलो विकेट गुमाउँदा भारतले एक सय तीन रन बनाएको छ । भारतका अर्का ओपनर यशस्वी जैसवाल ७३ रन बनाउँदै क्रिजमा छन् ।
त्यसअघि जैसवाल र गाइकवाडले भारतका लागि एक सय तीन रनको साझेदारी गरेका थिए । भारतले टस जिती पहिलो ब्याटिङको निर्णय लिएको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ