सूचनाको शक्ति - The Power Of Information

        

अख्तियारद्वारा ७ सय ६० जनालाई मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९/८० को अवधिमा १ सय ६२ वटा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

सो अवधिमा कुल २० हजार ९ सय ५ उजुरीहरू परेकामा अख्तियारले ७ सय ६० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

त्यसैगरी जिम्मेवारी सरेर आएका ७ हजार १ सय ६२ उजुरीहरूसहित कारबाही गर्नुपर्ने उजुरीहरू २८ हजार ६७ वटा रहेको छ । अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बुझाएको ३३ औं वार्षिक प्रतिवदेनमा उक्त जानकारी समेटिएको छ ।

राष्ट्रपति पौडेललाई वार्षिक प्रतिवेदन बुझाएपछि अख्तियारले पत्रकार सम्मेलन गरी अख्तियारमा गत आर्थिक वर्षमा १ सय ६२ वटा मुद्दा दायर भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा अख्तियारका प्रवक्ता भोला दाहालले दर्ता भएका भ्रष्टाचारसम्बन्धी उजुरी र प्रवृतिको विश्लेषण गर्दा महत्वपूर्ण हिस्सा स्थानीय तहको रहेको जानकारी दिनुभयो ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार ०१:५६

लोकप्रिय