देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ भने आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज पनि सोमबार जस्तै देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् बिनु महर्जनले बताएकी छन् । ‘आज पनि देशका धेरै स्थानमा हिजोजस्तै वर्षा हुनेछ,’ उनले भनिन्, ‘भोलिबाट बिस्तारै पानी पर्ने क्रम कम हुनेछ ।’
मनसुन सक्रिय रहेकाले अझै केही दिन नेपालबाट यो वर्षको मनसुन नबाहिरिने उनको भनाइ छ । उनका अनुसार कम्तीमा तीन दिन मनसुन बाहिरिने सम्भावना छैन । मगंलबारसम्म मसुन भारतको जोतपुरसम्मबाट बाहिरिएको छ । क्रमशः यो क्रम नेपालतर्फ सर्ने मौसमविद् महर्जन बताउँछिन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा छ । साथै नेपालमा अहिले भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं